५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

रास्वपा सचिवालय र केन्द्रीय सदस्यमा को-को भए मनोनीत ?

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ जनालाई सचिवालय सदस्य मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कबिन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनीत गरिएको हो।

त्यस्तै, भूपदेप शाह, सुनिल लम्साल,सुधन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा.भानुभक्त राई केन्द्रीय सदस्य मनोनीत भएका छन् । प्रवक्तामा जगदीश खरेल, सहमहामन्त्रीमा पुरूषोत्तम यादव  र कोषाध्यक्षमा मनोहर प्रधान मनोनीत भएका छन्।

प्रकाशित मिति : August 21, 2026 at 3:38 pm