५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब १६ करोडको कारोबार

५ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको नेप्से यस दिन भने सामान्य अंकले घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४४ कम्पनीकाे ५९ हजार ८०५ पटकको कारोबारमा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको १ करोड २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। शुक्रबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन सर्वोत्तम पेन्ट्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 21, 2026 at 3:20 pm