१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसाले

१५ फागुन, काठमाडाैँ । पाकिस्तानी सेनाले दुई भारतीय लडाकु विमान खसालेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै पाकिस्तानी वायुसेनाले पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेका दुई भारतीय लडाकु विमान खसालिदिएको बताएका छन । दुई विमान खसाल्दा एक पाइलटलाई नियन्त्रणमा लिइएको पनि पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन ।

उनले ट्वीटमा लेखेका छन In response to PAF strikes this morning as released by MoFA, IAF crossed LOC. PAF shot down two Indian aircrafts inside Pakistani airspace. One of the aircraft fell inside AJ&K while other fell inside IOK. One Indian pilot arrested by troops on ground while two in the area.  — Maj Gen Asif Ghafoor (@OfficialDGISPR) February 27, 2019

तर, पाकिस्तानी विदेश मन्त्रालयले भने पाकिस्तानी वायुसेनाले भारतीय क्षेत्रमा आक्रमण गरे पनि विमान खसालेको बारे केही उल्लेख गरेको छैन। आजै भारतको जम्मु काश्मिरमा भारतीय सेनाको लडाकु विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त विमान दुर्घटनामा दुई चालकको मृत्यु भएको बताइएको छ। बुधवार बिहान १० बजेर ४० मिनेट जाँदा काश्मिरस्थित बडगाममा उक्त विमान दुर्घटना भएको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १३:४०