५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले घट्यो नेप्से

५ भदौ,  काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले घटेर बन्द भएको छ।यस दिन सो सेसनमा नेप्से ३.३८ अंकले घटेर २६२६.०१ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६१ स्टकको १८९ पटकको कारोबारमा ३८ लाख ५३ हजार ४६९ रुपैयाँ ५० पैसाबराबरको ७ हजार ३७७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : August 21, 2026 at 10:55 am