१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भारतीय लडाकु बाेकेकाे विमान कश्मिरमा दुर्घटना हुँदा पाइलटको मृत्यु

१५ फागुन, भारत ।  भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै कश्मिरको कलान गाउँमा खसेको हो ।

बुधबार उडेकाे विमान ठूलो आवाजमा पड्कियो र खेतमा खसेको  जानकारी प्राप्त भएकाे छ । विमानमा रहेका अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १२:२२