मर्जरको प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले बोलायो विशेष साधारण सभा
५ भदौ, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । गत साउन २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १४ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा मोरङको कटहरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
सभामा जीवन विकास लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पत्ति, दायित्व तथा कारोवारको पूनः समायोजित मूल्यांकन प्रतिवेदनको आधारमा सञ्चालक समितिले आधार नेटवर्थमा पूनः समायोजन गरेको प्रतिशत बमोजिम सेयर आदान प्रदान अनुपात सहित गाभ्नेरगाभिने सम्बन्धी सञ्चालक समितिको प्रस्ताव पारित गरिनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : August 21, 2026 at 10:09 am


