४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दक्षिणकालीबाट रत्नपार्क अाउँदै गरेको बस फर्पिङमा दुर्घटना, २ जनाको मृत्यु २७ जना घाइते 

१५ चैत, काठमाडाैँ । दक्षिणकालीबाट रत्नपार्क अाउँदै गरेको बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन ।

प्रहरीका अनुसार दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका वडानम्बर ५ का ४२ बर्षिया मन्जु बस्नेत र वडानम्बर ३ का २५ बर्षिय सुनिल श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार अधिकांश घाइतेहरुको अवस्था गम्भिर छ । घाइतेहरुमध्ये १४ जनाको मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको छ भने बाँकीको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका भैरहेकाे छ । दुर्घटनापछि स्थानीयले अान्दाेलन गर्दै सडक अवरुद्ध गरेका छन्।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार ११:४०