७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

रसुवा हाइड्रोपावरले बोलायो विशेष साधारण सभा, यस्ता छन् प्रस्ताव

५ भदौ, काठमाडौं । रसुवा हाइड्रोपावर लिमिटेडले कम्पनीको विशेष साधारण सभा जेठ २० गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले भदौ २० गते बिहान ११ बजे काठमाडाैंकाे सामाखुसी–२६ स्थित कम्पनीको कार्यालयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुनेछ। त्यस्तै, आयोजनामा थप लगानी गर्ने सम्बन्धमा समेत छलफल तथा निर्णय गरिनेछ।

 सभाको कार्यसूचीमा कम्पनीमा रहेको जोडा सेयरको बिक्री तथा सेयर लागत प्रमाणीकरण सम्बन्धी प्रस्ताव पनि समावेश गरिएको छ। यसैगरी, आयोजनालाई कर्जा प्रदान गर्ने एनआईसी एशिया बैंकसँगको एसएलए अनुसार कर्जा सुविधा लिने सम्बन्धमा समेत सभाबाट निर्णय लिइनेछ।

कम्पनीले कर्पोरेट ग्यारेन्टीसम्बन्धी प्रस्तावसमेत विशेष साधारण सभामा पेश गर्ने जनाएको छ। आयोजनाको कार्यसम्पादन तथा निर्माणसम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव पनि कार्यसूचीमा राखिएको छ।

प्रकाशित मिति : August 21, 2026 at 9:17 am