नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
४ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेले मान्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७६३.६४ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार ८४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यलाई आधार मानेर शुक्रबार सेयर कारोबार खुला हुनेछ ।
प्रकाशित मिति : August 20, 2026 at 5:42 pm


