नेप्सेमा १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत
४ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जीआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस बापतको १० लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
प्रकाशित मिति : August 20, 2026 at 5:06 pm


