४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

४ भदाै, काठमाडाैं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न गठन गरेको कार्यदललाई पूर्णता दिएको छ। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन भएकाे हाे ।

साथै, उक्त कार्यदलको बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबार बस्ने सचेतक समेत रहेका कार्यदलका सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए।

को–को छन् कार्यदलमा ?

 कवीन्द्र बुर्लाकोटी – संयोजक

 प्रकाशचन्द्र परियार –सदस्य

क्रान्तिशिखा धिताल– सदस्य

गणेश कार्की – सदस्य

सुलभ खरेल – सदस्य

गजला समिम मिकरानी- सदस्य

मोहनलाल आचार्य – सदस्य

कामिनी चौधरी – सदस्य

पुकार बम – सदस्य

डा.राम लामा – सदस्य

टीका संग्रौला – सदस्य

शिवजी यादव – सदस्य

पुष्पा चौधरी – सदस्य

समिना मियाँ – सदस्य

प्रकाशित मिति : August 20, 2026 at 11:41 am