हिमालयन बैंकको ‘१० प्रतिशत डिबेन्चर २०८३’ अवधि सकिँदै
४ भदाै, काठमाडौं । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ‘१० प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ को अवधि समाप्त हुन लागेको छ। अवधि समाप्त भएसँगै यसको सूचिकरण खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई अनुरोध गरेको छ।
बैंकका अनुसार सात वर्ष अवधिको उक्त डिबेन्चरमा वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको थियो। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका दरले जारी गरिएको डिबेन्चरको कुल संख्या २५ लाख ६९ हजार १०४ कित्ता रहेको छ।
यसअनुसार डिबेन्चरको कुल अंकित रकम २ अर्ब ५६ करोड ९१ लाख ४ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ। बैंकले उक्त डिबेन्चरको अवधि भदौ ८ गते समाप्त हुने जानकारी दिएको छ।
प्रकाशित मिति : August 20, 2026 at 11:23 am


