नेप्सेमा ९.५० प्रतिशत बोनस सेयर सूचीकृत
४ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीकाे ९.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हाे ।
कम्पनीको गत जेठ २९ गते शुक्रबारका दिन काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको ५९औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रकाशित मिति : August 20, 2026 at 10:42 am


