प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न रविलाई एमालेको सुझाव
३ भदौ, काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न सुझाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । ‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुर्नगठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ उनले भने । अन्यथा, आन्दोलन हुन सक्ने उनको चेतावनी छ ।
उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमा सुधार नआए र सभापति लामिछानेले पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिए।उनले भने, ‘राष्ट्रियता, राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ। निश्चित आउनेछ।’
प्रकाशित मिति : August 19, 2026 at 5:12 pm


