३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बागमतीमा थापालाई समर्थन गर्ने पत्रप्रति राप्रपाको असहमति, मान्यता नदिन प्रदेश प्रमुखलाई आग्रह

३ भदाै, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गरेका छन्।

राप्रपाको गत साउन २० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि ‘गणितीय चलखेल’ मा सहभागी नहुने निर्णय गरेको थियो । पार्टीले भदौ १ गते बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको प्रक्रियामा तटस्थ बस्न निर्देशन दिएको थियो ।

पार्टीको कुनै निर्णय र निर्देशन बिना बुझाइएको पत्रमा सहमति नरहेकाले त्यसलाई मान्यता नदिन राप्रपाले प्रदेश प्रमुखसमक्ष अनुरोध गरेको छ।

प्रकाशित मिति : August 19, 2026 at 4:03 pm