नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब २९ करोडको कारोबार
३ भदौ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से ०.२६ अकंले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको ९५ लाख ४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन ११० कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १५० कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन १८ कम्पनीकाे मूल्य स्थिर रहेकाे छ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.८६ प्रतिशतका दरले गुमाएका छन् ।
माउन्ट एभरेस्ट पावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६९३ रूपैयाँ ६० पैसा पुगेको छ। यस्तै, सर्वोत्तम पेन्ट्सको मूल्य १४.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६०३ रूपैयाँ २० पैसा कायम भएको छ। बुधबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १७ करोड ५२ लाख रूपैयाँको कारोबार भएको छ।
प्रकाशित मिति : August 19, 2026 at 3:23 pm


