३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको ९.५ प्रतिशत बोनस सेयर सूचीकृत

३ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ९.५ प्रतिशत दरको कुल ३ लाख ४ हजार ६८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : August 19, 2026 at 1:16 pm