नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालकमा पौडेल नियुक्त
३ भदौ, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा सुनिल कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ५८औँ बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएकी सुनिता श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठको राजीनामापछि रिक्त रहेको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा पौडेललाई नियुक्त गरिएको हो।
प्रकाशित मिति : August 19, 2026 at 9:52 am


