२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

१५औँ महाधिवेशन समयमै गर्न कांग्रेसले गर्यो विधानको धारा निलम्बन

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानको धारा ३५ (२) (घ) निलम्बन गरेको छ । १५औँ महाधिवेशन निर्धारित समयसीमाभित्र सम्पन्न गर्न विधानको धारा३५ (२) (घ) आवश्यकताअनुसार निलम्बन गर्ने निर्णय गरेको कांग्रेसले जनाएकाे छ ।

‘विशेष परिस्थितिमा १५औं महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५(२)(घ) सम्बन्धमा विधानबमोजिम आवश्यक निलम्बन गर्ने निर्णय गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ ।

 पार्टीको विधानले तोकेको व्यवस्थाका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउन देखिएका व्यावहारिक जटिलता समाधान गर्न यस्तो निर्णय गरिएको हो । कांग्रेसले महाधिवेशनलाई समयमै सम्पन्न गर्न आवश्यक संगठनात्मक तथा वैधानिक प्रक्रिया अघि बढाउने जनाएको छ ।

कांग्रेसले विशेष परिस्थितिमा विधानका केही व्यवस्थालाई आवश्यकताअनुसार निलम्बन गर्न सक्ने प्रावधानअनुसार धारा ३५को उपधारा २ को घ सम्बन्धी निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : August 18, 2026 at 6:09 pm