चार कम्पनीले आईपीओ निष्कासन गर्ने, कुनको कति ?
२ भदौ, काठमाडौं । विभिन्न चार कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । मकरीगाड हाइड्रोपावर , कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
मकरीगाड हाइड्रोपावर लिमिटेडले अंकित मूल्य १०० रुपैयाँमा २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
इन्द्रेणी मसरुम फार्म लिमिटेडले अंकित मूल्य १०० रुपैयाँमा ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न साउन २२ गते अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । मध्यपुर अस्पताल लिमिटेडले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
साथै, कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले भने २४ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन २९ गते आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । अब धितोपत्र बोर्डले अनुमति दिएसँगै यी कम्पनीले सर्वसाधारलाई आईपीओ निष्कासन गर्ने छन् ।
प्रकाशित मिति : August 18, 2026 at 4:27 pm


