आशिका तामाङले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार
२ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रतिनिधि सभाको बैठक बहिस्कार गरेकी छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै तामाङले बैठक बहिस्कार गरेकी हुन् ।
बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गरेकी थिइन् ।
सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए । सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए। सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद बैठकबाट बाहिरिएकी हुन् ।
प्रकाशित मिति : August 18, 2026 at 3:27 pm


