२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

२ भदौ, काठमाडौं । साताको दोसो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से १९.३४ अकंले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४७ कम्पनीकाे ५५ हजार २४६ पटकको कारोबारमा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेकोछ । यस दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।

सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक १०.६३ प्रतिशत घटेको छ। यस दिन एग्रिकल्चरल बण्ड (९ वर्ष) काे सर्वाधिक काराेबार भएकाे छ । यस दिन ५० करोड ६८ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ।

प्रकाशित मिति : August 18, 2026 at 3:11 pm