नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२५ अकंले घटेर २६४१.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन सर्वाधिक ६.६३ प्रतिशत घटेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : August 17, 2026 at 3:15 pm


