सांसदहरूको प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ
१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सभामुख डोलप्रसाद अर्यालले सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले रुलिङ गरेका हुन् ।
‘प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ, यसै सन्दर्भमा प्रतिनिधि सभा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सदस्यहरूको प्रश्नको जबाफ दिन म प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुखले भने।
प्रकाशित मिति : August 17, 2026 at 1:49 pm


