१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

बाग्मती र लुम्बिनीमा हुने मतदानमा तटस्थ बस्ने राप्रपाको निर्णय

१ भदाै, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती र लुम्बिनी प्रदेश सरकारमा आज हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । बागमती र लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राप्रपाले भाग नलिने भएको हो ।

यस सम्बन्धमा प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ । प्रदेशहरूमा सरकार निर्माण सम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलका नेतालाई पठाएको राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : August 17, 2026 at 12:45 pm