एनएमबी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?
१ भदौ, काठमाडौं। एनएमबी बैंकको कोष प्रवर्द्धन तथा एनएमबी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन्।
साउन २९ गते बसेको एनएमबी क्यापिटलको सञ्चालक समितिको १९२औँ बैठकले एनएमबी फिफ्टीका इकाईधनीलाई करसहित ३.१५ प्रतिशत, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ का इकाईधनीलाई करसहित १० प्रतिशत र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई इकाईधनीलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
प्रतिफल वितरण प्रयोजनका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको छ। यसकाे अर्थ भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : August 17, 2026 at 10:13 am


