सालपा विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?
२९ साउन, काठमाडौं । सालपा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ५२ लाख ८० हजार रुपैयाँको तुलनामा ४४.४१ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी १४.३८ प्रतिशतले घटेर ६ करोड ३४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत आवमा बैंकको कमिसन आम्दानी ३६.५६ प्रतिशतले वृद्धि भई १ करोड ८ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपातमा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा २.८० प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर ०.७९ प्रतिशतमा सीमित भएको छ ।
समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ करोड ५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता पनि २.०२ प्रतिशत ऋणात्मक देखिएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने अघिल्लो आवको १.५१ रुपैयाँबाट घटेर १.४६ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ १०३.५२ रुपैयाँ र तरलता अनुपात ५१.३३ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : August 14, 2026 at 3:05 pm


