२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

कामना सेवाबाट क्यूआर पेमेन्ट गर्दा सिधै सरकारको लक्की ड्रमा सहभागी भइने

२९ साउन, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ जोडेको छ ।

बैंकले आफ्‌ना ग्राहकलाई अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्‌नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको हो ।

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन ।

बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्‌ना योग्य कारोबारको संख्या तथा विवरण हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।

बैंकले ग्राहकहरूलाई १०० रुपैयाँ भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न प्यान तथा भ्याट बिल लिन तथा सुरक्षित राख्न साथै आफ्‌नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : August 14, 2026 at 12:55 pm