२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

मर्जर प्रस्तावसहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

२९ साउन, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले  वार्षिक साधारणसभा आह्वान गरेको छ। साउन २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको बैठक भत्ता बढाउने विशेष प्रस्ताव पेश हुनेछ।

सर्वसाधारण समूहबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, अघिल्लो आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण सञ्चालकहरूको कार्यकाल अनुमोदन गर्ने सामान्य प्रस्ताव पेश हुनेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले भदौ ९ गते क क्लोज गर्ने भएकाे छ। यसकाे अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : August 14, 2026 at 12:31 pm