मर्जर प्रस्तावसहित जीवन विकास लघुवित्तले बाेलायाे वार्षिक साधारण सभा
२९ साउन, काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष वार्षिक साधारण सभा आह्वान गरेको छ । साउन २८ गते बसेको कम्पनीकाे संचालक समितिको बैठकले भदौ १४ गते केन्द्रीय कार्यालय कटहरी मोरङमा सभा बाेलाएकाे हाे ।
सभाले जीवन विकास लघुवित्त, युनिक लघुवित्त र मानुषी लघुवित्त संस्थाबीच एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको पुन समायोजित मूल्यांकन (डीडीए) प्रतिवेदनको आधारमा संचालक समितिले आधार नेटवर्थमा पुनः समायोजन गरेको प्रतिशत बमोजिम सयर आदानप्रदान अनुपात (स्वाप रेसियो)सहित गाभ्ने गाभिने वा मर्जर सम्बन्धि संचालक समितिको प्रस्ताव पारित गर्ने सभाको मुख्य एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ ५ गते एकदिन बुकक्लोज गर्ने भएकाे छ । यसकाे अर्थ भदौ ४ गतेसम्म कायम रहेका सेयरधनीहरु मात्रै सभामा सहभागि हुन पाउनेछन् ।
प्रकाशित मिति : August 14, 2026 at 12:25 pm


