२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३७ करोड ५५ लाख, प्रतिसेयर आम्दानी घट्यो ?

२९ साउन, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत मात्र बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २०.९७ प्रतिशत बढेको छ भने कुल आम्दानी १३.६३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १४.२१ प्रतिशत र कुल खर्च १४.३६ प्रतिशत बढेको छ।

५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड ८५ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.२० गुणा रहेको छ।

प्रकाशित मिति : August 14, 2026 at 9:19 am