८ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार
२८ साउन, काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। यस दिन १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । यस दिन १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४७ कम्पनीको ४५ हजार ८२२ पटकको कारोबारमा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको १ करोड २ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमा सकारात्मक लागेको हो। इमर्जिङ्ग नेपालको सेयरमूल्य यस दिन सर्वाधिक ५.११ प्रतिशत घटेको छ।
यस दिन घलेम्दी हाइड्रोको सर्वाधिक सेयर कारोबार भएको छ। सो कम्पनीको यस दिन २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : August 13, 2026 at 3:19 pm


