२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

काेशीमा कांग्रेसका मन्त्रीहरूले बुझाए राजीनामा

२७ साउन, विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएकाे छ । बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका हुन् ।

 राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन् ।

उनीहरुले आज बसेको मन्त्रिपरिषद् बैठकको समापनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : August 12, 2026 at 5:38 pm