त्रिशक्ति सेक्युरिटिजले सुरु गर्यो मार्जिन कारोबार सुविधा
२७ साउन, काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले आफ्ना ग्राहकहरूका लागि औपचारिक रूपमा ‘मार्जिन कारोबार सुविधा’ सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त स्टक ब्रोकर कम्पनी त्रिशक्तिले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७५ र प्रचलित नियामकीय व्यवस्थाको परिधिभित्र रही यो सेवा सुरु गरेको जनाएको छ ।
यस सुविधाको सुरुवातसँगै अब त्रिशक्ति सेक्युरिटिजका योग्य ग्राहकहरूले तोकिएको सीमाभित्र रहेर मार्जिनमा सेयर कारोबार गर्न पाउनेछन् । कम्पनीका अनुसार यो सुविधा प्राप्त गर्नका लागि लगानीकर्ताहरूले तोकिएको मापदण्ड र सर्तहरू पूरा गर्नुपर्नेछ । मार्जिन कारोबार सुविधा लिन इच्छुक ग्राहकहरूले आवश्यक प्रक्रिया पूरा गरी त्रिशक्ति सेक्युरिटिजको काठमाडौं, पुतलीसडकस्थित मुख्य कार्यालयका साथै देशभर रहेका शाखा कार्यालयहरूबाट सेवा लिन सक्नेछन् ।
कम्पनीका शाखाहरू पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुरमा रहेका छन् । इच्छुक लगानीकर्ताले यी स्थानका शाखा कार्यालयमा सम्पर्क गरी मार्जिन कारोबार खाता खोल्न र सेवा लिन सक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मार्जिन कारोबार अन्तर्गत ग्राहकले पाउने ऋणको सीमा, लागू हुने ब्याजदर, मार्जिन सुविधाका लागि योग्य धितोपत्रहरू, र आवश्यक न्यूनतम मार्जिनका बारेमा विस्तृत जानकारी कम्पनीबाटै प्राप्त गर्न सकिनेछ ।
प्रकाशित मिति : August 12, 2026 at 4:32 pm



