२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

नेपाल रिपब्लिक मिडियाका निमित्त सीईओ तिमिल्सिनाको राजीनामा स्वीकृत

२७ साउन, काठमाडाैं। नेपाल रिपब्लिक मिडियाका निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) उज्जवल कुमार तिमिल्सिनाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। साउन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको  बैठकले साउन २८ गतेदेखि लागू हुने गरी तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको हो।

तिमिल्सिनाले कार्यव्यस्तताको कारण देखाउँदै निमित्त प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए। कम्पनीले उनको राजीनामा सञ्चालक समितिको निर्णयअनुसार स्वीकृत गरिएको जनाएको छ।

प्रकाशित मिति : August 12, 2026 at 3:32 pm