२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा भने गिरावट

२७ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा बन्द भएको छ।  बुधबार  १०२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १६५ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ९ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

यस दिन ३४८ कम्पनीकाे ४३ हजार ९९० पटकको कारोबारमा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ८७ लाख १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३१ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 12, 2026 at 3:22 pm