२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा श्रेष्ठ चयन

२७ साउन, काठमाडाैं। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाल भुषण श्रेष्ठ चयन भएका छन्। संस्थाको साउन २७ गते  बसेको सञ्चालक समितिको १९४औँ बैठकले श्रेष्ठलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो।

श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहेका छन्। यसै बैठकले संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंक लिमिटेडको तर्फबाट सञ्चालक रहेका कल्याण विक्रम पाँडेको स्थानमा सुमन पोखरेललाई सञ्चालक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

ग्लोबल आईएमई बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : August 12, 2026 at 3:09 pm