२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो, कुनको कति ?

२७ साउन, काठमाडाैं । राष्ट्रियस्तरका ८ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो।

आर्थिक वर्ष २०८१/८२ मा यी बैंकहरूले कुल ५ अर्ब २८ करोड ५५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । याे नाफा गत वर्षको तुलनामा ६३.६८ प्रतिशत बढी हाे ।

गत वर्ष सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक रहेको छ। बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १० करोड २० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, लुम्बिनी विकास बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेर ८५ करोड १० लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २४ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १८ करोड १२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको ६४ करोड ५६ लाख २७ हजार रुपैयाँको तुलनामा ८२.९६ प्रतिशत वृद्धि हो।

महालक्ष्मी विकास बैंकको खुद नाफा ४८.४६ प्रतिशतले बढेर ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकले गत वर्ष ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको ६० करोड ६६ लाख ७१ हजार रुपैयाँको तुलनामा बैंकको नाफा ४६.९६ प्रतिशतले बढेको हो।

गरिमा विकास बैंकले ३५.३४ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब २४ करोड ७६ लाख ९२ हजार रुपैयाँ थियो ।

त्यसैगरी, कामना सेवा विकास बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

मुक्तिनाथ विकास बैंकको खुद नाफा भने १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

प्रकाशित मिति : August 12, 2026 at 2:58 pm