२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

नाईमा अटो एक्स्पोमा डोङफेंग बस सार्वजनिक, ५ लाखसम्म छुट

२७ साउन, काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको चर्चित सवारी निर्माता डोङफेङका दुई मोडलका बस नाइमा अटो एक्स्पोमा सार्वजनिक गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा अटो एक्स्पोमा डोङफेङका नयाँ बस सार्वजनिक गरिएको हो । कम्पनीले हाल दुईवटा मोडलका बस बजारमा ल्याएको जनाएको छ ।

डोङफेङ सन् १९६९ मा स्थापना भएको चीन सरकारको स्वामित्वमा रहेको सवारी निर्माता कम्पनी हो । कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक तथा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ ।

पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन् ।

कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ । हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका मा यस बसले नयाँ थप उचाईमा पुर्याउने अपेक्षा लिइएको छ ।

 उक्त अटो एक्स्पोमा ७.२ मिटरका कम्फार्टबस २५+१ र सिटि बस २७+१ सीट क्षमताका बसहरू सार्वजनिक गरेको छ । यी बसको सुरुवाती मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई ५ लाख रुपैयाँसम्मको विशेष छुट दिने योजना समेत कम्पनीले ल्याएको छ ।

प्रकाशित मिति : August 12, 2026 at 1:03 pm