२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

प्रोटोन इ.मास ५ः नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

२६ साउन, काठमाडौं । नेपालका लागि प्रोटोनगाडीको आधिकारिक वितरकजगदम्बा मोटर्स प्रा. लि. ले भर्खरैनेपाली बजारमा सार्वजनिकगरेको नयाँ कम्प्याक्टइलेक्ट्रिक एसयुभि प्रोटोनइ.मास ५ नाइमा नेपालमोबिलिटि एक्सपो २०२६मा विशेष आकर्षणकोकेन्द्र बनेको छ ।
अगस्ट११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थितस्टल ‘एल–६’ मा नयाँइ.मास ५ लाई नजिकबाट अवलोकन तथा बुकिङ गर्न सकिनेछ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको छ । यस एक्सपोमा पनि ग्राहकहरू तथा अटो पारखीहरूको व्यापक ध्यान खिचिरहेको छ ।

सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको इ.मास ५मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ। यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्य विशेषताहरूमा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्टस स्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट, ३६.९ मिटरको उत्कृष्ट ब्रेकिङ दुरी, र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश गरिएको छ ।

त्यसैगरी यसमा ४.९५ मिटर काटर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर–ह्विलड्राइभ प्रणाली, ६५डिग्रीको फराकिलो डोर ओपनिङ एंगल, र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड (भिटुएल) जस्ता प्रविधिहरू उपलब्ध छन् । त्यस्तै यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर र पावर्डटेलगेट, ३६०–डिग्री क्यामेरा जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन्।

प्रोटोन इ.मास५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध रेहको छ । कम्पनीले यसको अद्यावधिक बजार मूल्य प्राइम भेरियन्टका लागि रु . ३२.९९ लाख र प्रिमियम भेरियन्टका लागि रु . ३६.९९ लाख निर्धारण गरेको छ। नाइमा मोबिलिटि एक्सपो २०२६ को हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा आएर प्रोटोन इ.मास ५को प्रत्यक्ष अनुभव लिन कम्पनीले सम्पूर्ण अटो पारखी तथा ग्राहकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ ।

प्रकाशित मिति : August 11, 2026 at 5:56 pm