२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

नेप्सेमा माउन्ट एरभेष्ट पावरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

२६ साउन, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको कुल ८६ लाख कित्ता आईपीओ सूचीकृत भएको हो । जसमा सर्वसाधारणलाई वितरण गरिएको २५ लाख ८० हजार कित्ता रहेको छ भने संस्थापकहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता रहेको छ ।

नेप्सेले म्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही रेञ्जकै आधारमा उक्त कम्पनीको सेयर भोलिदेखि नै कारोबार खुल्नेछ ।

प्रकाशित मिति : August 11, 2026 at 5:45 pm