२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

ग्यास अभावबारे संसद्‌मा आशिकाको कविताः हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पँधेरो ?

२६ साउन, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ग्यास अभावको विषयलाई लिएर प्रतिनिधिसभामा कविता सुनाएकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले पछिल्लो समय ग्यासका लागि डिपोदेखि पसलहरूमा लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै कविता सुनाएकी हुन्।

यस्तो छ आशिका तामाङको कविताः

ग्यास-ग्यास-ग्यास,

भएन भने रोकिन्छ खाने गाँस

हातमा छ क्यास तर बजारमा छैन ग्यास

पहुँच हुनेवालाहरूले लैजान्छन् छानीछानी तीन वटासम्म भरिभरि सिलिन्डरका ग्यास

अनि हुँदैन त छिमेकीको घरमा हाहाकार, भोग र प्यास?

सरकार भन्छ पुग्नेछ ग्यास

जनताहरू रातदिन खाली सिलिन्डर बोकी सडकमा छ उठिबास

 थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु

यिनका मनको पीडा म कहाँ गई पोखू?

लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो

हिमालफेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पधेँरो?

प्रकाशित मिति : August 11, 2026 at 3:30 pm