प्रधानमन्त्रीलाई सांसद केसीको प्रश्न- एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ?
२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको एक्लै हिँड्न खोजेको हो कि एक्लै परेको हो थाहा पाउन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्रीको एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको ?’ केसीको प्रश्न छ । उनले देश र जनताको हितमा सिङ्गो संसद् प्रधानमन्त्रीको साथमा रहेको भन्दै संसद्प्रति उपेक्षा नगर्न आग्रह गरे।
उनले भने, ‘देश र जनताको हितमा सिङ्गो संसद् तपाईँको साथमा छ। तर संसद्प्रति उपेक्षा गरेर होइन, आफ्नो जबाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्।’
संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाँया बन्दै गएको उनले बताए । राम्रा प्रयासहरू पनि हचुवा र विधिविहीन देखिएको उनले बताए ।
प्रकाशित मिति : August 11, 2026 at 2:56 pm



