१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

२५ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ३५२ कम्पनीको ५३ हजार ५२४ पटकको कारोबारमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशत बढेको छ। रिलायबल समृद्धि योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.७० प्रतिशत घटेको छ। यस दिन सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ४६ कराड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 10, 2026 at 3:22 pm