१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

संसदीय सुधार समिति गठन गर्न रास्वपा महामन्त्री आचार्यको माग

२५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसदीय सुधार समिति गठन गर्न सभामुखसमक्ष ध्यानाकर्षण गराएका हुन्।

‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर बोलेको छु, हामी सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौं? एउटा सर्वेक्षण गरौं, के हाम्रो क्षमता अहिलेको अभ्यासले सही दिशामा निकालेको छ त?,’ यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ ।’

उनले थपे, ‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा ‘संसदीय सुधार समिति’ बनाएर अहिलेको यो संसदलाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ । यसमा मैले सम्माननीय सभामुख महोदयको ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति : August 10, 2026 at 3:13 pm