प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से
२५ साउन, काठमाडाैं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.३७ अंकले बढेर २६५१.४६ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ५४ स्टकको १०० पटकको कारोबारमा २ करोड ७३ लाख ७ हजार ९०२ रुपैयाँ ७० पैसा बराबरको १ लाख ४ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 10, 2026 at 10:57 am



