२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै ह्याप्पी इनर्जी

२५ साउन, काठमाडौं। ह्याप्पी इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ २५ गते काठमाडाैंको हाँडीगाँउमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको सेयर निष्कासन गर्ने र कम्पनीले प्रवद्र्धन गर्दै रहेका आयोजनाका लागि आवश्यक पर्ने कर्जा सुविधा लिने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८२/८३ को सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र उक्त अवधिका वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : August 10, 2026 at 10:53 am