२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

कालिका लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२५ साउन, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले १२ करोड २८ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ३०४.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले ३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै संस्थाको खुद ब्याज आम्दानी पनि ३५ करोड ६७ लाखबाट बढेर ४७ करोड ९ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४८ करोड ९४ लाख र सञ्चालन मुनाफा १८ करोड १८ लाख रहेको छ ।

वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख पुर्याएको संस्थाको लाभांश क्षमता १९.६८ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा ८.२७ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ९.७८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म संस्थाको निक्षेप संकलन १ अर्ब ६६ करोडबाट बढेर २ अर्ब ३ करोड पुगेको छ भने कर्जा प्रवाह पनि ४ अर्ब ७५ करोडबाट बढेर ५ अर्ब ३४ करोड पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ७.४५ प्रतिशतबाट बढेर २७.४० रुपैयाँ पुगेको छ । यसैगरी, संस्थाको प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.२० गुणा रहेको छ ।

प्रकाशित मिति : August 10, 2026 at 9:24 am