हरि ढकाललाई मोहन श्रेष्ठको कटाक्षः तपाईँको नाम ‘गोबर’ राखे हुन्न ?
२४ साउन, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिएका छन् ।
ढकालले आज एक कार्यक्रममा नेपालमा सिंह नभएकाले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ नाम राख्नु उचित हुने बताएका थिए । उक्त प्रस्तावमा श्रेष्ठले टिप्पणी गर्दै उनलाई जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि ! ? गोबर नाम राखे हुन्न ?’ भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन् ! जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि ! ? गोबर नाम राखे हुन्न ?’

प्रकाशित मिति : August 9, 2026 at 4:19 pm



