भिजन सेक्युरिटिजले पनि सुरु गर्यो मार्जिन कारोबार सेवा
२४ साउन, काठमाडौं । भिजन सेक्युरिटिज प्रा. लि. (सेयर ब्रोकर नं. ३४) ले लगानीकर्ताका लागि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले सूचना जारी गर्दै साउन १९ गते देखी औपचारिक रुपमा मार्जिन सेवा सुविधा सुरु गरिएको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले लागू गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ बमोजिम मार्जिन सेवा सुरु गरिएको हो । कम्पनीले नियामकीय व्यवस्थाअनुसार उपलब्ध गराउन मिल्ने सीमाभित्र रही आफ्ना ग्राहकलाई मार्जिन ऋण सुविधा प्रदान गर्ने जनाएको छ ।
मार्जिन सेवामार्फत सेयर कारोबार गर्न इच्छुक लगानीकर्ताले भिजन सेक्युरिटिजको कार्यालयमा सम्पर्क गरी मार्जिन खाता खोलेर सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित मिति : August 9, 2026 at 1:32 pm



